खुल्यो एन्फाको ताला, १३ गतेका लागि डाकियो कार्यसमिति बैठक
काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा०को कार्यालयमा लागेको ताला खाोलिएको छ । एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का नेतृत्वको बहुमत सदस्यले कार्यालयको ताला चार महिनापछि खोलेका हुन्। कार्यालयको ताला खोलेसँगै बसेको बैठकले कात्तिक १३ गते कार्यसहिति बैठक बोलाउने निर्णय गरेको छ । छलफलमा वरिष्ठ उपाध्यक्ष खड्कासहित विराटजंग शाही, दीपक खतिवडा, कुमार केसी, रुपेश अधिकारी, टीका लामा, भरत बुढा थापा, महेन्द्र क्षेत्री, मनिष जोशीलगायत सहभागी थिए।