SHARE
कालिका खबर · बुधबार १२ कात्िक २०८३ ०८:५४ AM · 1 मिनेट पढाइ

पोखरामा स्कुटर दुर्घटना, एकजनाको मृत्यु

पोखरा । पोखराको न्युरोडमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिकाको नौडाडाका आशिष कुँवरको मृत्यु भएको हो । घाइते भएका उनको उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका हुन् । गएराति ३ बजेतिर भएको दुर्घटनामा अर्का एकजना घाइते भएका छन् ।