SHARE
बुटवल टुडे · शनिबार २५ असो २०८२ ०१:०५ AM · 1 मिनेट पढाइ

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै, केन्द्रीय समिति बैठकको औपचारिक एजेन्डा टुङ्गो लगाउने

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज पनि बस्ने भएको छ । दिउसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले असोज २६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकको औपचारिक एजेन्डा टुङ्गो लगाउने छ । बिहीबार र शुक्रबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा तीन एजेन्डा उठेको सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ बताउँछिन् ।