SHARE
बुटवल टुडे · शनिबार २५ असो २०८२ ०२:१५ AM · 1 मिनेट पढाइ

सरकारी कर्मचारीको अझै सकिएन दसैँ !

भैरहवा, २५ असोज ।  दसैँ मान्न आफ्नो घर गएका रुपन्देहीको कोटहीमाई गाउँपालिकाको अधिकांश कर्मचारीहरूको दसैँ अझै सकिएको छन् । यसले स्थानीय सरकार मानिएको र स्थानीय सरकारको सिंहदरबार मानिने पालिकाको कार्यालय सुनसान देखिन्छ । बिहीबार करिब साढे ११ बजे गाउँपालिकाको कार्यालय पुग्दा पुरै कार्यालय नै सुनसान देखिन्थ्यो । प्रशासन शाखामा मात्रै सबै कुर्चीमा कर्मचारीहरू बसेका थिए ।