SHARE
बुटवल टुडे · शनिबार २५ असो २०८२ ०२:४५ AM · 1 मिनेट पढाइ

कैलालीमा युवकको बीभत्स हत्या, टाउको लिएर प्रहरी कार्यालयमा

बुटवल, २५ असोज । कैलालीमा एक युवकको घाँटी रेटेर बीभत्स हत्या गरिएको छ। घोडाघोडी नगरपालिका–८ मा शुक्रबार राति सुर्खेतको चौकुने गाउँपालिका–३ का २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या गरिएको हो। जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार हत्यामा संलग्न दुई युवक पक्राउ परेका छन्।