SHARE
बुटवल टुडे · शनिबार २५ असो २०८२ ०३:११ AM · 1 मिनेट पढाइ

तम्घास–सिमीचौर–राङ्बास – खज्र्याङ् सडक १ महिना बन्द हुने

 गुल्मी, २५ असोज । गुल्मीको तम्घास–सिमीचौर–राङ्बास–खज्र्याङ् सडक एक महिनाका लागि बन्द हुने भएको छ । उक्त सडक खण्ड अन्तर्गत रेसुङ्गा नगरपालिका–१० को मैदानदेखि वडा नम्बर–११ को जन प्रावि विद्यालयसम्मको सडकमा आजदेखि आरसिसी र ढलानसँगै सडक मर्मत सुधारको काम सुरु गरिएको छ ।