SHARE
Samata Press · मङगलबार ४ कात्िक २०८३ १२:४७ PM · 1 मिनेट पढाइ

निषेधित क्षेत्रमा पर्यटकलाई अनुमति, बर्सेनि उठ्छ करोडौँ राजस्व

गण्डकी। अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका विदेशी पर्यटकबाट बर्सेनि करोडौँ राजस्व सङ्कलन हुने गरेको छ ।  विदेशी नागरिकले निषेधित उपल्लो मुस्ताङ र मनाङको नार फू क्षेत्रमा अनुमति लिएर भ्रमण गर्न पाउने व्यवस्था छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार निषेधित क्षेत्र घुमेका पर्यटकबाट प्रवेश शुल्कबापत गत आर्थिक वर्षमा रु २१ करोड ६९ लाख ९७ हजार ५०० सङ्कलन भएको थियो ।