SHARE
बुटवल टुडे · शुक्रबार​ २४ असो २०८२ १२:५४ AM · 1 मिनेट पढाइ

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज पनि बस्ने भएको छ । पार्टी कार्यालय सानेमा दिउसो १ बजेबाट बैठक सुरु हुनेछ । यसअघि हिजो बसेको बैठकमा अधिकांश नेताहरूले आगामी मंसिरभित्रै विधि प्रक्रिया पूरा गरेर महाधिवेशन गर्नतर्फ अग्रसर हुनुपर्ने बताएका थिए ।