SHARE
बुटवल टुडे · शुक्रबार​ २४ असो २०८२ ०२:५३ AM · 1 मिनेट पढाइ

मुठभेड होइन, निर्वाचनमा जाऔँ 

सरकारले फागुन २१ गते घोषणा गरेको निर्वाचन निर्धारित मितिमै हुने कुरामा आशङ्का बढ्न थालेको छ । देशमा निर्वाचनको वातावरण भन्दा पनि मुठभेडको अवस्था सिर्जना हुने चिन्ता बढेको छ । निर्वाचन आयोगले निर्वाचन कार्य तालिका सार्वजनिक गरेको छ तर दलहरू सहमतिमा नगरिएको कार्य तालिका मान्नै तयार छैनन् । नेकपा एमाले पछिल्लो समय सरकारप्रति आक्रामक देखिएको छ ।