नगरपालिकाको आफ्नै ऐन, अब अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख प्रोत्साहन
मुगु। छायाँनाथ रारा नगरपालिकाले जातीय विभेद अन्त्य गर्दै सामाजिक समानता र सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई १-१ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। छायाँनाथ रारा नगरपालिका दलित ऐन, २०८० अनुसार नगरपालिकाले बिहीबार औपचारिक कार्यक्रम आयोजना गरी दुवै जोडीलाई एक–एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो।