म्याक्स टाइगरको दशैं धमाका : थप दुई जनाले जिते स्कुटर र मोटरसाइकल
म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत थप दुई उपभोक्ताले स्कुटर र मोटरसाइकल जितेका छन् । बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जित्दा धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका हुन् । कम्पनीका अनुसार पछिल्ला दुई विजेता थपिएसँगै अभियानअन्तर्गत हालसम्म स्कुटर र मोटरसाइकल जित्नेको संख्या पाँच पुगेको छ ।