SHARE
पर्दाफास · बिहीबार २९ असो २०८३ ०४:२१ PM · 1 मिनेट पढाइ

माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश पारित, रोशन केसी पुनः अध्यक्ष

माछापुच्छ्रे बैंक लिमिटेडको २८औँं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । साधारण सभाले बैंकको संस्थापक सेयरधनीको तर्फबाट रोशन के.सी, मुकुन्द महत तथा कृति महतोलाई निर्विरोध निर्वाचित गरेको छ भने सर्वसाधारण सेयर धनिको तर्फबाट विश्व प्रकाश गौतमलाई निर्विरोध निर्वाचित गरेको छ ।