कांग्रेसमा आदिवासी जनजाति क्लष्टरबाट सहमहामन्त्रीसहित २१ पद, क-कसले जिते ?
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजाति क्लष्टरबाट एक सहमहामन्त्री र २० केन्द्रीय सदस्यसहित २१ जना निर्वाचित भएका छन्। नुवाकोटका बहादुर सिंह लामा केन्द्रीय सहमहामन्त्री निर्वाचित भएका छन्। उनले चार प्रतिस्पर्धीलाई उछिन्दै सहमहामन्त्री जितेका हुन्।