SHARE
बुटवल टुडे · शुक्रबार​ २४ असो २०८२ ०५:०९ AM · 1 मिनेट पढाइ

उच्च विन्दुमा पुगेको सुन सस्तियो, आज कति ?

काठमान्डौ, २४ असोज । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलाको मूल्य ४ हजार २०० रुपैयाँले घटेर २ लाख ३५ हजार रुपैयाँ कायम भएको छ । बिहीबार तोलाको मूल्य २ लाख ३९ हजार २०० रुपैयाँ रहेको थियो ।