SHARE
बुटवल टुडे · शुक्रबार​ २४ असो २०८२ ०६:५३ AM · 1 मिनेट पढाइ

एमाले केन्द्रीय कमिटीको बैठक दुई दिन सारियो

काठमान्डौ, २४ असोज । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक तयारी पूरा नभएको कारण सारिएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले बैठकको तयारी पूरा नभएको जानकारी दिँदै बैठक असोज २९ देखि ३१ गते काठमाडौँमा बस्ने तय भएको बताए । यसअघि बैठक यही असोज २७ देखि २९ गतेसम्म काठमाडौँमा बस्ने निर्धारित थियो ।