SHARE
बुटवल टुडे · शुक्रबार​ २४ असो २०८२ ०८:३३ AM · 1 मिनेट पढाइ

ओली र प्रचण्डको सुरक्षा घटाइयो, २७ सशस्त्र प्रहरी फिर्ता

काठमाडौँ । सरकारले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित मापदण्डभन्दा बढी सुरक्षाकर्मी प्रयोग गरिरहेका नेताहरूको सुरक्षा व्यवस्थामा कटौती गर्न थालेको छ । हालसम्म नेपाल प्रहरीका करिब डेढ सय सुरक्षाकर्मी फिर्ता भइसकेको गृहमन्त्रालय स्रोतले जनाएको छ । ‘अहिलेसम्म करिब डेढ सय जना नेपाल प्रहरी फिर्ता भइसकेका छन् ।