SHARE
बुटवल टुडे · शुक्रबार​ २४ असो २०८२ ०८:४३ AM · 1 मिनेट पढाइ

सरकारले युवा संघलाई मोटरसाइकल र्‍यालीको अनुमति नदिने

काठमाडौँ । सरकारले नेकपा एमाले निकट युवा संघ नेपाललाई शनिबार काठमाडौँमा आयोजना गर्न लागिएको मोटरसाइकल र्‍याली तथा सभाको अनुमति नदिने निर्णय गरेको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गर्दै शान्ति–सुरक्षा कायम राख्न र सार्वजनिक सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न उक्त कार्यक्रमको अनुमति नदिइएको जनाएको हो ।