SHARE
पर्दाफास · बिहीबार २९ असो २०८३ १०:११ AM · 1 मिनेट पढाइ

सहमहामन्त्री निर्वाचित भएपछि आलमले भने- कांग्रेसलाई एकढिक्का बनाएर नयाँ उचाइमा पुर्‍याउँछौँ

नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री डा. मोहम्मद फिर्दोस आलमले पार्टीलाई एकढिक्का बनाएर नयाँ उचाइमा पुर्‍याउने बताएका छन् । कांग्रेसको १५औँ महाधिवेशनमा मुस्लिम क्लस्टरबाट सहमहामन्त्रीमा निर्वाचित भएपछि उनले पार्टीभित्र सबैलाई समेटेर अघि बढ्ने बताएका हुन् ।