उत्तेजना र प्रतिशोधभन्दा माथि उठेर अघि बढ्न जरुरी छ- रमेश लेखक
काठमान्डौ, २४ असोज । निवर्तमान गृहमन्त्री रमेश लेखकले मुलुकको वर्तमान परिस्थितिमा उत्तेजना, आग्रह, पूर्वाग्रह र प्रतिशोधभन्दा माथि उठेर जिम्मेवार ढंगले अघि बढ्न राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । शुक्रबार नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जेनजी आन्दोलनका मागहरूलाई गम्भीरतापूर्वक बुझ्दै लोकतान्त्रिक मूल्य र मान्यताअनुसार समाधान खोज्नुपर्ने आवश्यकता औंल्याए ।
