SHARE
बुटवल टुडे · शुक्रबार​ २४ असो २०८२ १०:११ AM · 1 मिनेट पढाइ

गोली चलाउने आदेश ओली र मैले दिएका होइनौ – रमेश लेखक

काठमान्डौ, २४ असोज । निवर्तमान गृहमन्त्री रमेश लेखकले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सरकारले गोली चलाउने कुनै आदेश नदिएको स्पष्ट पारेका छन् । शुक्रबार नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री वा गृहमन्त्रीको निर्देशनमा गोली चलाइएको भन्ने चर्चा निराधार भएको बताए ।