SHARE
पर्दाफास · बिहीबार २९ असो २०८३ ०७:३७ AM · 1 मिनेट पढाइ

दशैं नजिकिएसँगै काठमाडौँका सडकमा सवारीसाधन र पैदलयात्रुको चहलपहल घट्यो

दसैँ नजिकिँदै जाँदा काठमाडौँ उपत्यका छाडेर आफ्नो गाउँघर फर्किनेहरूको सङ्ख्या बढेसँगै उपत्यकाका सडकमा सवारीसाधन तथा सर्वसाधारणको चहलपहल घटेको छ। दसैँ मनाउन उपत्यकाबाट बाहिरिनेको सङ्ख्या बढेसँगै सडकमा सवारीसाधनको चाप कम भएको हो । सामान्य दिनमा सवारीसाधनको चाप, धुवाँधुलो र ट्राफिक जामले अस्तव्यस्त हुने काठमाडौँका सडकहरू पछिल्लो समय तुलनात्मक रूपमा शान्त र खुला देखिन थालेका छन्।