SHARE
पर्दाफास · बिहीबार २९ असो २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

यात्रुको भीड व्यवस्थापन गर्न ढुङ्गेको झोलुङ्गे पुलमा प्रहरी परिचालन

नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुलमा पैदल यात्रुको चाप बढेपछि एकतर्फी आवतजावतको व्यवस्था गरिएको छ । पुलमा एकतर्फी यात्रा पूरा भएपछि मात्र अर्को तर्फका यात्रुलाई प्रवेश गराउने व्यवस्था मिलाइएको छ ।