SHARE
बुटवल टुडे · शुक्रबार​ २४ असो २०८२ १०:१९ AM · 1 मिनेट पढाइ

नोबेल शान्ति पुरस्कार २०२५ भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरीना माचाडोलाई

 काठमाडौं, २४ असोज । भेनेजुएलाकी प्रखर लोकतन्त्रवादी तथा विपक्षी नेतृ मारिया कोरीना माचाडोलाई सन् २०२५ को नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय भएको छ । नर्वेजियन नोबेल समितिले शुक्रबार ओस्लोमा आयोजित एक समारोहमार्फत पुरस्कारको घोषणा गर्दै माचाडोलाई ‘बढ्दो अन्धकारको विरुद्ध लोकतन्त्रको ज्योति बलिरहने कार्यमा महत्वपूर्ण भूमिका खेलेको’ भन्दै प्रशंसा गरेको हो ।