SHARE
बुटवल टुडे · शुक्रबार​ २४ असो २०८२ १०:४० AM · 1 मिनेट पढाइ

राष्ट्रिय युवा संघ छलफलका लागि प्रशासन कार्यालयमा

काठमाडौं, २४ असोज । शनिबारका लागि तय गरिएको मोटरसाइकल र्‍याली तथा सभा–प्रदर्शनमा प्रतिबन्ध लगाएपछि एमाले निकट राष्ट्रिय युवा संघ नेपालको नेतृत्व जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार सूचना जारी गर्दै शनिबार विभिन्न समूहहरूले काठमाडौँका फरक–फरक स्थानबाट निकाल्ने भनिएको मोटरसाइकल र्‍याली तथा सभालाई स्वीकृति नदिने निर्णय गरेको थियो ।