SHARE
बुटवल टुडे · शुक्रबार​ २४ असो २०८२ ११:३७ AM · 1 मिनेट पढाइ

राष्ट्रपतिद्वारा बोलाइएको बैठकमा कुन दलबाट को-को सहभागी भए ?

काठमाडौं, २४ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठकमा दलका शीर्ष तहका नेताहरू शीतल निवास पुगेका छन् । राष्ट्रपति पौडेलको सक्रियतामा बसेको उक्त बैठकमा प्रधानमन्त्री सुशीला कार्कीसहित सरकारका सबै मन्त्री सहभागी छन् । नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी भएका छन् ।