SHARE
बुटवल टुडे · शुक्रबार​ २४ असो २०८२ ०१:४२ PM · 1 मिनेट पढाइ

नख्खु जेलबाट भागेका आकाशले ठमेलमा गरे साथीको हत्या

काठमाडौं । जेन-जी आन्दोलनको मौका छोपेर नख्खु कारागारबाट भागेका एक कैदीले काठमाडौंको ठमेलमा एक युवकको हत्या गरेका छन् । फरार कैदी राप्ती गाउँपालिका-१ दाङका आकाश मगरले मकवानपुर घर भई बालाजु मनमैजु बस्दै आएका २५ वर्षीय सुरज तामाङलाई गत असोज १३ गते ठमेलको बुद्धबार गल्लीस्थित ह्याप्पी होटल अगाडि खुकुरी हानेर घाइते बनाएका थिए ।