SHARE
बुटवल टुडे · शुक्रबार​ २४ असो २०८२ ०१:४६ PM · 1 मिनेट पढाइ

टी-२० विश्वकप छनोट: २ अंकसहित नेपाल सुपर सिक्समा, जापान ५ विकेटले पराजित

काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटमा लगातार दोस्रो जित निकाल्दै नेपालले सुपर सिक्स खेल्ने भएको छ। शुक्रबार भएको समूह बी को अन्तिम खेलमा जापानलाई ५ विकेटले पराजित गर्दै नेपाल समुह बी को विजेता बन्दै सुपर सिक्समा पुगेको हो। जापानलाई हराएसँगै नेपालले सुपर सिक्समा २ अंक प्राप्त गरेको छ।