SHARE
बुटवल टुडे · शुक्रबार​ २४ असो २०८२ ०२:०२ PM · 1 मिनेट पढाइ

धान काट्ने क्रममा बाघको आक्रमणमा परिन् बारबर्दियाकी जुना चौधरी, अवस्था गम्भीर

बर्दिया, २४ असोज ।बर्दिया जिल्लामा फेरि एक पटक बाघको आक्रमण भएको छ। बारबर्दिया नगरपालिका–१० डफैया निवासी ३८ वर्षीया जुना चौधरीलाई आज दिउँसो करिब ३ बजे खेतमा धान काट्ने क्रममा बाघले आक्रमण गरी गम्भीर रूपमा घाइते बनाएको हो। स्थानीयका अनुसार चौधरी गाउँकै अन्य किसानहरूसँग खेतमा धान काट्दै थिइन्।