SHARE
पर्दाफास · बिहीबार २९ असो २०८३ ०२:०३ AM · 1 मिनेट पढाइ

शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला

शिक्षा तथा खेलकुद मन्त्रालयले वार्षिक बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सातै प्रदेशमा तीनदिने अभिमुखीकरण तथा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ। सरकारद्वारा सञ्चालित शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन र विद्यालय शिक्षा ऐनलाई व्यावहारिक, समयसापेक्ष एवं विद्यार्थीकेन्द्रित तुल्याउने उद्देश्यले मन्त्रालयले शिक्षा क्षेत्रका सरोकारवालासँग संवाद तथा कार्यशाला आयोजना गरेको हो।