संविधानमा समानता, व्यवहारमा विभेद: जातीय छुवाछुत अन्त्य गर्न कार्यान्वयनमै जोड
काठमाडौँ । संविधानले समानता र दलित समुदायका अधिकार सुनिश्चित गरे पनि व्यवहारमा जातीय विभेद र छुवाछुत अन्त्य हुन नसकेको भन्दै त्यसका लागि संवैधानिक तथा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । समृद्धि ग्लोबल फाउन्डेसनले आयोजना गरेको ‘संविधानमा समानता, व्यवहारमा विभेद : जातीय छुवाछुत अन्त्यका चुनौती र समाधान’ विषयक दसैँको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सहभागी वक्ताले दलित समुदायका अधिकार कार्यान्वयनमा राज्य गम्भीर हुनुपर्ने बताएका हुन् ।