SHARE
पर्दाफास · बुधबार २८ असो २०८३ ०७:२१ AM · 1 मिनेट पढाइ

मलेसियाका लागि प्रस्तावित राजदुत खरेलको सुनुवाइमा प्रश्न, संसदीय समितिले प्रक्रिया रोकेर अध्ययन थाल्यो

मलेसियाका लागि प्रस्तावित राजदुत चुडामणि खरेलको संसदीय सुनुवाइमा सांसदहरूले गम्भीर प्रश्न उठाएका छन् । सुनुवाइका क्रममा खरेलमाथि ‘स्वार्थको द्वन्द्व’, आर्थिक अनियमितता, म्यानपावर व्यवसायीसँगको साँठगाँठ र योग्यतामाथि प्रश्न उठेपछि संसदीय समितिले प्रक्रियालाई केही समयका लागि रोकेर थप अध्ययन र प्रमाण जुटाउने निर्णय गरेको हो ।