SHARE
पर्दाफास · बुधबार २८ असो २०८३ ०७:५१ AM · 1 मिनेट पढाइ

आरक्षणको आरोपमा प्रस्तावित राजदूत झाको जवाफ- म आरक्षण विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ

श्रीलंकाका लागि प्रश्तावित नेपाली राजदुत डा. मञ्चलाकुमारी झाले आफू आरक्षणको विरोधी भएको बताएकी छन् । बुधवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा सांसदहरूले आरक्षणको आधारमा सिफारिस हुनुभएको हो ? भन्ने आरोपपछि उनले जवाफ दिएकी हुन् । आफू आरक्षणका आधारमा नभइ योग्यताका आधारमा सिफारिस भएको बताइन् ।