साउदीको तेल कम्पनी अरामको मुख्यालयमा मिसाइल प्रहार
काठमाडौं । साउदी अरेबियाको राष्ट्रिय तेल कम्पनी अरामकोको पूर्वी सहर धरानस्थित मुख्यालयमा मिसाइल प्रहार भएको छ । मिसाइल प्रहार हुँदा भवनमा आगलागी भएको साउदी अधिकारीहरूले बताएका छन् । तेल कम्पनी अरामको प्रशासनिक भवनलाई लक्षित गरी यमनका हुथी विद्रोहीले आक्रमण गरेका हुन् । साउदी ऊर्जा मन्त्रालयका अनुसार अरामको कम्प्लेक्सभित्रको एउटा भवनमा लागेको आगो नियन्त्रणमा लिइएको छ । घटनामा कुनै मानवीय क्षति नभएको मन्त्रालयले जनाएको छ । साउदी प्रेस एजेन्सी (एसपीए)का अनुसार मंगलबार भएको आक्रमणपछि लागेको आगो नियन्त्रणमा लिइएको छ ।