SHARE
बुटवल टुडे · बिहीबार २३ असो २०८२ १२:५० AM · 1 मिनेट पढाइ

हमासले बन्धक बनाएका विपिन जोशी बोलिरहेको भिडिओ सार्वजनिक

काठमाडौँ । दुई वर्षदेखि गाजामा हमासले बन्धक बनाएको भनिएका नेपाली विद्यार्थी विपिन जोशी बोलिरहेको भिडिओ क्लिप्स सार्वजनिक गरिएको छ। द टाइम्स अफ इजरायलले बुधबार राति २०२३ अक्टोबर ७ का दिन किबुट्ज अलुमिममा भएको आक्रमणका क्रममा हमासले विपिन अपहरण गरेको केही समयपछि खिचेको भिडिओ भन्दै सार्वजनिक गरेको हो।