SHARE
बुटवल टुडे · बिहीबार २३ असो २०८२ १२:५४ AM · 1 मिनेट पढाइ

मनसुनी र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ वर्षा

काठमाडौँ । सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भूभागमा मनसुनी वायु र स्थानीय वायुको कमजोर प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधरणतया बदली रहेको छ ।