SHARE
कालिका खबर · सोमबार २६ असो २०८३ ०३:५९ AM · 1 मिनेट पढाइ

एमालेका मनोनित केन्द्रीय सदस्यले आज शपथ लिँदै

काठमाडौं । नेकपा (एमाले)का मनोनित केन्द्रीय सदस्यहरूले आज पद तथा गोपनीयता शपथ लिँदै छन् । पार्टी कार्यालय च्यासलमा दिउँसो ३ बजे शपथग्रहण कार्यक्रम हुने एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई शपथ गराउने छन् ।