SHARE
बुटवल टुडे · बिहीबार २३ असो २०८२ ०२:१७ AM · 1 मिनेट पढाइ

तिहारमा घन्किने चित्रे बादीको मादल

दाङ, २३ असोज । कच्ची, कमेरो माटाले लिपेको चिटिक्कको घर । वरिपरि मादलले घेरिएर बसेका घोराही उपमहानगरपालिका–१७ पचुर्खाका चित्रे बादी । तिहार नजिकिँदै गर्दा मादलमा खरी भर्न व्यस्त छन् उनी । तिहारका बेला मादलको माग अत्यधिक बढ्ने हुँदा उनी मादल बनाउने चटारोमा छन् । यसबाट आएको कमाइ नै उनको घर खर्च चलाउने प्रमुख माध्यम हो ।