SHARE
बुटवल टुडे · बिहीबार २३ असो २०८२ ०२:५२ AM · 1 मिनेट पढाइ

‘आँखा नै संसार, आँखाको सुरक्षा गरौँ ’ 

‘तिम्रो आँखालाई माया गर’ भन्ने नाराका साथ विश्व दृष्टि दिवस आज नेपालमा पनि मनाईदै छ । मानव जीवनका लागि सबैभन्दा ठुलो संसार उसको आँखा हो । आँखा अर्थात् दृष्टि छ त संसार छ । यदि दृष्टि छैन भने संसार फिक्का र उजाड अनि अँध्यारो हुनेछ । त्यसैले भनिएको छ–आँखा मानव जीवनको सर्वाधिक महत्त्वपूर्ण अङ्ग हो ।