SHARE
बुटवल टुडे · बिहीबार २३ असो २०८२ ०४:०१ AM · 1 मिनेट पढाइ

यान्टिबायोटिकको अत्यधिक र अनावश्यक प्रयोग रोक्न निर्देशन 

सल्यान, २३ असोज । सल्यानमा यान्टिबायोटिक औषधिको अत्यधिक र अनावश्यक प्रयोग बढ्न थालेपछि स्वास्थ्यकर्मीहरूलाई सचेत गरिएको छ । जिल्लाका सबै स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य सेवा कार्यालय सल्यानले एक सार्वजनिक सूचना नै जारी गरेर यान्टिबायोटिक औषधिको अत्यधिक र अनावश्यक प्रयोग रोक्न आग्रह गरेको हो ।