SHARE
बुटवल टुडे · बिहीबार २३ असो २०८२ ०५:२२ AM · 1 मिनेट पढाइ

विपद्ग्रस्त क्षेत्रमा वितरण गरिने सामग्रीको गुणस्तर घटे महामारी फैलिने

काठमान्डौ, २३ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालैका बाढी–डुबानबाट प्रभावित क्षेत्रमा वितरण गरिँदै आएका खाद्यान्न, पिउने पानी र लत्ताकपडाको गुणस्तर कायम राख्न सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराएको छ । मन्त्रालयका अनुसार डुबानग्रस्त क्षेत्रका अधिकांश पानीका मुहानहरू दूषित भएकोले स्वच्छ पिउने पानीको अभावले निकट भविष्यमै हैजा, झाडापखाला र अन्य महामारी फैलिने उच्च जोखिम रहेको छ ।