SHARE
बुटवल टुडे · बिहीबार २३ असो २०८२ ०५:३२ AM · 1 मिनेट पढाइ

सेयर बजारमा लाग्यो पोजेटिभ सर्किट ब्रेक

काठमान्डौ, २३ असोज । नेपाली सेयर बजारमा बिहीबार पोजेटिभ सर्किट ब्रेक लागेको छ । कारोबार सुरु भएको तीन मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले वृद्धि भएसँगै बजारमा पोजेटिभ सर्किट ब्रेक लागेको हो । सर्किट ब्रेक लागेसँगै बजार कारोबार २० मिनेटका लागि स्थगित गरिएको छ ।