कोल्ड्रिफ कफ सिरप प्रकरण- बालबालिकाको मृत्युपछि औषधि कम्पनीका मालिक पक्राउ
काठमान्डौ, २३ असोज । भारतमा ‘कोल्ड्रिफ कफ सिरप’ सेवनबाट कम्तीमा २० बालबालिकाको मृत्यु भएपछि यस औषधि उत्पादन गर्ने कम्पनीका मालिक एस. रंगनाथनलाई प्रहरीले पक्राउ गरेको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार मध्य प्रदेश प्रहरीले उनलाई गएराति चेन्नईबाट नियन्त्रणमा लिएको हो । रंगनाथनको औषधि कम्पनी स्रिसन फार्मा तमिलनाडुस्थित कान्चीपुरमा रहेको बताइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
