SHARE
बुटवल टुडे · बिहीबार २३ असो २०८२ ०६:१५ AM · 1 मिनेट पढाइ

मन्त्री घिसिङद्वारा बाढी–पहिरोले क्षतिग्रस्त बीपी राजमार्गको अनुगमन

काठमान्डौ, २३ असोज । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ नेतृत्वको टोलीले आज बाढी–पहिरोले क्षतिग्रस्त बीपी राजमार्गका विभिन्न खण्डको अनुगमन गरेको छ । बाढीले क्षति पुर्‍याएका राजमार्गको झन्डै चार किलोमिटर खण्डमा अस्थायी ‘डाइभर्सन’ बनाएर सडक सञ्चालनको तयारी भइरहेको अवस्थामा मन्त्री घिसिङ टोलीसहित अनुगमनमा पुगेको हो ।