SHARE
बुटवल टुडे · बिहीबार २३ असो २०८२ ०७:०४ AM · 1 मिनेट पढाइ

माइतीघर मण्डलाबाट जेनजी समूहका १६ जना पक्राउ

काठमान्डौ, २३ असोज । प्रहरीले काठमाडौंको माइतीघर मण्डलामा भेला भएका जेनजी समूहका १६ जनालाई छानीछानी पक्राउ गरेको छ । पक्राउ पर्नेमा डा। निकोलस भुसाल र सञ्जीव दाहालसहित अन्य सदस्यहरू रहेका छन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ । माइतीघर क्षेत्रमा भुसाल नेतृत्वको समूह शान्तिपूर्ण प्रदर्शन गर्ने उद्देश्यले भेला भएको थियो ।