सिटौलाले भने- महामन्त्रीद्वयको हस्ताक्षर अभियानले पार्टी फुट्ने अवस्थासम्म पुग्नसक्छ
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको हस्ताक्षर अभियानले पार्टी विभाजनसम्म पुर्याउन सक्ने आशङ्का व्यक्त गरेका छन्। आज बिहान पार्टी उपसभापति पूर्णबहादुर खड्कासहित आफूनिकट केही केन्द्रीय सदस्यहरूसँगको भेटमा हस्ताक्षर अभियानप्रति असन्तुष्टि जनाएका हुन्। महामन्त्रीद्वयले पार्टी सभापति शेरबहादुर देउवालाई हटाउन विशेष महाधिवेशन माग्दै हस्ताक्षर अभियान चलाइरहेका छन्।
