SHARE
बुटवल टुडे · बिहीबार २३ असो २०८२ ०८:०७ AM · 1 मिनेट पढाइ

हामीलाई गिरफ्तार गर्न भन्दै राति ३ बजेसम्म बैठक बसेका छन् , सुशीला कार्कीको डरले म भाग्दिनँ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिलेको सरकार बलमिच्याइँले बनेको टिप्पणी गरेका छन् । भक्तपुरमा आयोजित कार्यक्रममा उनले सुशीला कार्की नेतृत्वको सरकार संविधान अनुसार नबनेको दाबी गरे । उनले भने, ‘अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि शर्त राख्नुभयो- संसद् विघटन भएमात्रै बन्छु, नत्र देशमा जेन-जीले आगो बाल्छन् । लोकतन्त्रको जग भत्काउने शर्तमा प्रधानमन्त्री हुनुभयो ।