SHARE
बुटवल टुडे · बिहीबार २३ असो २०८२ ०८:२२ AM · 1 मिनेट पढाइ

१४ सय थुनुवा अझै फरार

काठमान्डौ, २३ असोज । देशभरका विभिन्न प्रहरी कार्यालयमा हिरासतमा रहेका करिब १४ सय थुनुवा अझै फरार छन् । जेनजी आन्दोलनको क्रममा प्रहरी कार्यालयमा भएको आगजनी र तोडफोडपछि प्रहरीले केही थुनुवालाई छाडिदिएको थियो । तीमध्ये केही थुनुवा पक्राउ परे वा आफैं उपस्थित भए पनि अझै ठूलो संख्यामा थुनुवा फरार छन् ।