SHARE
बुटवल टुडे · बिहीबार २३ असो २०८२ ०८:५९ AM · 1 मिनेट पढाइ

नेपालगन्जमा १३ लाख बढी नगद सहित १४ जुवाडे पक्राउ 

 नेपालगन्ज, २३ असोज । नेपालगन्जको मौरी रेष्टुराँ’मा प्रहरीले छापामारी १४ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । नेपालगन्ज उपमहानगरपालिका–२ वाईपास रोडस्माथित विज्ञान श्रेष्ठले सञ्चालन गरेको मौरी रेष्टुरेन्टुराँ एन्ड बारको दोस्रो तल्लामा जुवा खेलिरहेको अवस्थामा प्रहरीको टोलीले बुधबार राति साढे ११ बजे छापा मारेर जुवाडेलाई नियन्त्रणमा लिएको हो ।