SHARE
बुटवल टुडे · बिहीबार २३ असो २०८२ ०९:५० AM · 1 मिनेट पढाइ

दसैँपछि लगातार घटेको नेप्से पहिलोपटक हरियो, सूचक २२.५९ अंकले बढ्यो

काठमाडौँ । दशैँ विदापछि लगातार दुई दिनसम्म घटेको शेयर बजार बिहीबार पहिलोपटक हरियो बनेको छ । हप्ताभरि तीन दिन मात्र कारोबार खुलेको बजारमा मंगलबार ४५ अंक र बुधबार ५८ अंकले गिरावट आएको थियो । त्यसको विपरीत, बिहीबार बजारमा सुधार देखिएको हो ।