SHARE
बुटवल टुडे · बिहीबार २३ असो २०८२ ११:२७ AM · 1 मिनेट पढाइ

जेन–जी आन्दोलनमा घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने, तर प्रक्रिया बिल आएपछि मात्रै सुरु

काठमाडौं, २३ असोज । जेन–जी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार खर्च सरकारले नि:शुल्क व्यहोर्ने प्रक्रिया अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, अस्पतालहरूले सुरुमा उपचार खर्च व्यहोर्ने र त्यसपछि मन्त्रालयमार्फत भुक्तानी हुने व्यवस्था छ ।